ताजा समाचार

चितुवाको छाला सहित तीनजना पक्राऊ

  • साउन २१, २०७८
  • ५०८ पटक पढिएको
  • रामएकवाल राम
alt

बबिता मण्डल प्युठान - प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेको सृजना होटलको प्राङ्गणमा अवैध चितुवाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले रातको समयमा छापा मार्दा तीनजना पक्राऊ परेका छन् ।
 
पक्राऊ पर्नेमा प्युठान झिम्रुक गाउँपालिका वडा नं १ बस्ने २९ वर्षिय अभिनास पुन , सरुमाराणी १ बाङ्गेशाल बस्ने ३२ वर्षिय छविलाल परियार ,दाङ राजपुर १  बस्ने २८ वर्षिय इन्द्र बहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनीहरूको साथबाट झोलामा पलास्टिक भित्र लुकाई राखेको अवस्थामा लम्बाई ६ फिट ६  इन्च चौडाई २  फिट २ इन्च चितुवाको कालो , सेतो ,खैरो रंगको छालासहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय प्युठान कानुनी कारबाही अगाडि बढाउन लागिएको छ ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤