काङ्ग्रेस नेता चौधरी द्धारा महिनौं देखि थुपारिएको फोहोर ब्यवस्थापन

लहानका मेयर मुनी साहको फोहरी राजनीतिले बजार दुर्गन्धित बन्दै

  • साउन २१, २०७८
  • ६५७ पटक पढिएको
  • रामएकवाल राम
alt

सिराहा लहान २१ श्रावण - सिराहाको लाहान नगरपालिका वडा नम्बर ५ गुदरी बजार स्थित महिनो देखि फोहोर ब्यवस्थापनमा देखाएको उदासीनता का कारण  शहर क्षेत्र नै प्रदुषित भएको छ ।

220591111_377591280455200_2235301591527906430_n

करिब एक महिना देखि जम्मा भएको फोहोर अन्ततः स्थानीय युवा नेता महेश चौधरीको नेतृत्वमा बजार ब्यवस्थापन समितीका अध्यक्ष लगायत पदाधिकारी र विभिन्न पार्टीका राजनीति दलका प्रतिनिधिहरुको सहभागीतामा फोहोर ब्यवस्थापन गर्न थालेका छन । फोहोरको दुर्गन्धले बाटो हिडनेलाई नाक मुख छोपी हत्तपत्त बाटो काट्ने बाध्यता छ भन्ने वरिपरि रहेका पसलहरुमा ग्राहक समेत पातलिदै गएका छन ।

224141123_4227529520693640_3322991778750288417_n

सहिद चौक स्थित एक  पसलेका अनुसार जम्मा भएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ जसले गर्दा ग्राहक पसल आउन मानेका छैनन् । गत वर्षको लकडाउन देखि नै सामाजिक कार्यमा समय बिताईरहेका नेता चौधरीले आफ्नो सहयात्री संगिता कर्माचार्यको साथ छुटेपनी उनले समाजसेवा छोडेका छैनन् । विपन्न वर्गलाई खाद्यान्न वितरण गरि चौधरी र कर्माचार्य 'मस जोडी' को नामले चिनिएका थिए ।

225891281_519907609297968_8315766044063508609_n

हाल उनको जीवन साथीले साथ छोडे यधपी चौधरीले आफ्नो संकल्प छोडेका छैनन् ।  युवा नेता चौधरीले भने 'विभिन्न बहानामा फोहोर उठाउन छोडनु यहाँका मेयर मुनी साहको फोहरी राजनीति हो । चुनावी प्रचारमा ठूलो ठूलो सपना देखाउने मेयर साह वास्तविक रुपमा फोहरी नै रहेको यहि फोहोरको डुंगुरले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

रोट्र्याक्ट क्लब अफ ...

रंजित चौरसिया,वीरगंज १८ भदौं। नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेड वीरगंज स्थित एक अग्रणी स्वास्थ्य सं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१