मोटरसार्ईकल चोरी प्रति सिरहा प्रहरी गम्भिर,चोरीको मोटरसाईकल सहित चोरी गर्ने गिरोह मिर्चैया प्रहरी नियन्त्रणमा

  • साउन १८, २०७८
  • ६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा  सिरहा । श्रावण १३ गते । पछिलो समय सिरहमा मोटरसाईकल चोरीको घटना बढन थालेपछि सिरहा प्रहरीको सकृयताले चोरीको मोटरसाईकल सहित चोरहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीको सकृयताले मोटरसाईकल चोरी गर्न एक गिरोहलाई मिर्चैया प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त शुभाष बुढाथोकीका अनुसार नेपालमा मोटरसाईकल धनीको असुरक्षिक हेरचाहले मोटरसाईकल चोरी हुने प्रवृति बढेको हो । तर प्रहरीको सकृयतामा चोरी भएको मोटरसाईकल सहित चोर गिरोहलाई पक्राउ अभियान चलाईएको बताए । त्यस अनुरुप चोरी भएको मोटरसाईकल सहित चोरी गिरोहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेका छन् । श्रावण १० गते रातको समयमा सिरहा कर्जन्हा न.पा. वडा नं.०२ बन्दिपुर बजार स्थित अशोक कुमार साहको घरको आगनमा पर्किङ गरी राखीएको स.१० प.२९३० न.को अपाचे मोटरसाईकलको लक तोडी जिल्ला सिरहा सिरहा न.पा. वडा न. ९ गुलरिया वस्ने निरमोद यादवको छोरा वर्ष २२ को रिषि कुमार यादवले चोरी गरी लादैं गरेको अवस्थामा स्थानिय मानिसहरु समेतको सहयोगमा प्रहरी गस्ती टोलीले ऋषि कुमार यादव तथा उक्त मोटरसाईकल समेतलाई नियन्त्रणमा लिएको छ ।

तत्कालै ऋषि कुमार यादवलाई सोधपुछ गर्दा जिल्ला सिरहा मिर्चैया न.पा. वडा न. ११ सोनीगधवा वस्ने राम जिवन माझीको छोरा वर्ष २२ को सुरेश माझी र जिल्ला सिरहा मिर्चैया न.पा.वडा नं. १० मथलेश्वर वस्ने योगेन्द्र मण्डलको छोरा वर्ष २१ को पप्पु मण्डल समेत उक्त कार्यमा संलग्न रहेको बयान दिएको आधारमा प्रहरी टोलीले शंकित व्यक्तिहरुलाई खोजतलास गर्दा बन्दीपुर बजारमा लुकिछिपि वसिरहेको अवस्थामा सुरेश माझी र पप्पु मण्डल समेतलाई नियन्त्रणमा लिई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नाव उपक्षिक राजेन्द्र श्रेष्ठले बताएका हुन् । बरामद गरिएको मोटरसाईकल चोरी सम्बन्धमा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी थप मिर्चैया प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१