Siraha Times
ताजा समाचार

करोडौको बजेटमा अनियमितता, अनियमिततामा मेयर रौनियारकै हात

  • साउन १६, २०७८
  • ५७८ पटक पढिएको
  • रामएकवाल राम
alt

रंजित चौरसिया,पर्सा, १६ श्रावण / पर्सा जिल्लाको पोखरिया नगरपालिकामा करोडौको बजेटमा अनियमितता भएको खुलासा भएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा जनप्रतिनिधिहरुले लुट मच्चाएका हुन । प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भयो ।

कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको छ ।

यतिसम्म मात्र नभइ नक्कली हाजिरी खडा गरी ५० दिन मध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिईएको र अन्य रकम काम गर्ने व्यक्तिको नाममा खाता जम्मा गरेर उनिहरुसँग खाली चेकमा सहि गराएर जनप्रतिनिधि तथा कर्मचारीले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा गरेको प्रमाण भेटिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पोखरीयाका दर्जनौ ब्यक्तिहरूलाइ ३५ दिन काममा लगाएर ५० दिनको हाजिरी गरी १५ दिनको रकम उनिहरुलाई खाली चेकमा सहि छाप लगाएर लिएको पिडितहरुले बताएका छन् । पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियार बोर्ड प्रतिनिधि र कर्मचारीको मिलोमतोमा करोडौको रकम हिनामिना गरिएको प्रमाण यस अनलाइनले फेला पारेको छ ।

गरिव जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पिडितहरुले उजुरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

आदर्श कोतवालमा नेशनल ...

रंजित चौरसिया,कलैया ११ वैशाख। बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अ ...

लहानमा ‘विल्डअन’सँग ...

सिरहाटाइम्स वैशाख ११ । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिकाले अन्तर्रा ...

“यातायातमा खुला लुट: ...

रंजित चौरसिया,वीरगंज ११ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजका “च झ” फाँट प्रमुख अधि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१