ताजा समाचार

चीनबाट थप आठ लाख डोज खोप काठमाडाैं ल्याइयाे, भाेलि पुनः जहाज बेइजिङ जाने

  • साउन ८, २०७८
  • १२३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, साउन ८ गते । चीनलेबाट नेपालले खरिद गरेको ४० लाख भेराेसेल खाेपकाे थप खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ३३० शुक्रबार  १ः३० बजे काठमाडौं अवतरण भएसँगै नेपालले खरिद गरेकाे २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।

निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्नेछ । बिहीबार  २.०० बजे काठमाडौं आएपछि जहाज पुनः बेइजिङ पुगेर खोप ल्याएको हो । बुधबार राती ११ बजे बेइजिङतर्फ उडेको जहाजले आठ लाख डोज खोपकाे कार्गो ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चौथो पटक खोप ल्याउन निगमको वाइडबडी ३३० जहाज शनिबार पुनः बेइजिङ उड्ने उहाँले जानकारी दिनुभयो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ । यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । हालसम्म करिब २५ लाख डोज खोप ल्याइसकेको निगमले जनाएको छ । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤