नेपाली कांग्रेस १४ औं महाधिवेशन धनुषामा हुँदै

  • साउन ८, २०७८
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । प्रजातन्त्र, बहुदल हुँदै गणतन्त्र ल्याउनमा समेत नेतृत्वदायी भूमिका खेलेको कांग्रेसको भूमिकामाथि पछिल्ला वर्षहरुमा प्रश्न उठिरहेको छ । त्यसैले यो महाधिवेशन विगतको भन्दा महत्वपूर्ण मात्रै होइन, अर्थपूर्ण पनि छ । लामो ईतिहास बोकेको कांग्रेस पछिल्लो समय भने आफ्नो त्यही विरासत धान्न नसकेको भनेर आलोचित छ, पार्टीभित्रै र बाहिरबाट पनि । महाधिवेशनबाट नीतिगत परिवर्तन र त्यसको व्यावहारिक कार्यान्वयन गर्ने नेतृत्व आउँछ कि आउँदैन? अबको कांग्रेस कस्तो बन्ला, अनि कांग्रेस अब कसको बन्ला भन्ने बहस आरम्भ भइसकेको छ । नेपाली कांग्रेस धनुषा सभापतिका लागि आकांक्षीको संख्या पनि धेरै छ । दिन्हु समाजिक संजालहरुमा उम्मेदवारहरुले आफनो अकांक्षा प्रकट गरिरहेका छन ।

Open Photo

धनुषामा दिनेश प्रसैला यादवको क्रेज नेपाली कांग्रेस धनुषाभित्र हावी गुट उपगुटका कारण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु चिन्तित देखिन्छन । अब नेपाली कांग्रेस धनुषामा गुट उपगुटको नभई सबैको साझा सभापति छनोट हुनुपर्ने निकै नै चर्चाको विषय बनेको छ । धनुषाको पुरानोदेखि नवयु्वा कांग्रेसीहरु यस पटक स्वच्छ छवि भएका दिनेश प्रसैला यादव सभापतिमा छनोट हुनुपर्ने धारणा राख्छन । नेपाली कांग्रेस धनुषा क्षेत्र नं. २ का सह सभापति नविन गोहिवार भन्छन नेपाली कांग्रेस धनुषामा दिनेश प्रसैलाको विकल्प नै छैन । पूर्व सांसद समेत रहेका प्रसैलालाई धेरै सक्रिय हुनुहुन्छ सभापतिमा चुनाव लडनु हुन्छ कि ? पत्रकारहरुको प्रश्नमा प्रसैलाले पार्टीले तोके पार्टीलाई एकजुट गरि लगेर देखाउने बताए । प्रसैला प्रजातान्त्रिक आन्दोलनका एक जुझारु व्यक्तित्व हुन । काँग्रेस धनुषाको राजनीतिमा कांग्रेस पछि परेको अहिलेको अवस्थामा प्रसैलाको उम्मेदवारी प्रभावकारी हुन सक्छ भन्ने राय धेरैको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१