बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

  • साउन ५, २०७८
  • १८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा राष्ट्रीय मदरसा संघ नेपालले स्वागत गरेको जानकारी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपालीले दिए। मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी लगायत जाहिद आजाद, अब्दुल नूर, अब्दुल अजिम मदनी, डा. मन्जुर अहमद खां, खुरसेद आलम खां, तुफेल अलम खां, लगाएतले बकर इदको शुभकामना व्यक्त गर्नु भएको छ।

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण चाड बकर इदको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उहांहरूले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बकर इदको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्। मौलाना मशहुद खां नेपालीले नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल( प्रचण्ड) लाई संघिय लोकतांत्रिक गणतंत्र बचाउनका लागि चालेका कदमको सराहना गर्दै आफूहरू सदैव ऊहांको साथमा हातेमालो गरि अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहाको सुखिपुरमा जस ...

ओम प्रकाश यादव लहान, माघ १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको क्षेत्रीय कमिटी भेला सिरहा जिल्लाक ...

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१