ताजा समाचार

मो’टरसाईकलमाथि बसेकै अवस्थामा श’व भेटियो,ह’त्याको आ’शंका

  • साउन ५, २०७८
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विराटनगर ५ बिजुली अफिसअगाडि एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सोमबार राति ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । प्रहरी कार्यालय विराटनगर वडा (क) का डिएसपी दिपक कार्कीसहितको टोली घ’टनास्थलमा पुगेको थियो ।

विराटनगर–५ बिजुली अफिसअगाडि मोटरसाइकलमा बसिरहेजस्तो देखिने तर, मृ’त्यु भइसकेका सुदर्शन न्यौपानको हत्या भएको हुनसक्ने आफन्तले आ’शंका गरेका छन् । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा आज राती ८ः३० बजे वि’राटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका थिए ।मृ’तकका भतिजा सन्तोष न्यौपानेले कसैले दु’र्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरे । ‘मृत’कको शरिरमा चोटपटक देखिएको छ ।

उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अ’वस्थामा छ । मृतकको एक श्रीमती दुई छोरा र एक छोरी रहेको बुझिएको छ । घटना विषयमा थप अनु’सन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । घ’टनास्थलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤