प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै

  • साउन ३, २०७८
  • ९०२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै उनले विश्वासको मत लिन लागेका हुन् । संसद सचिवालय स्रोतका अनुसार उनले बेलुकी ४ बजे बस्न लागेको बैठकमा विश्वासको मत लिँदै छन् । 

देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका प्रधानमन्त्री देउवाले संबैधानिक प्राबधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६(६) ले ७६(५) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्राबधान राखेको छ ।

अहिले संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । बिहान १० बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१