Siraha Times
ताजा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै

  • साउन ३, २०७८
  • ९७८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै उनले विश्वासको मत लिन लागेका हुन् । संसद सचिवालय स्रोतका अनुसार उनले बेलुकी ४ बजे बस्न लागेको बैठकमा विश्वासको मत लिँदै छन् । 

देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका प्रधानमन्त्री देउवाले संबैधानिक प्राबधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६(६) ले ७६(५) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्राबधान राखेको छ ।

अहिले संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । बिहान १० बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१