ताजा समाचार

श्रद्धाञ्जली कार्यक्रममा बिरुवा वितरण

  • साउन १, २०७८
  • ११९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,श्रावण १शुक्रबार सिराहा जिल्लाको साविक चन्द्रायो ध्यापुर ५ हाल नरहा २ घर भएका तथा जिल्ला शिक्षा कार्यालय सिरहामा कार्यरत विनि रामलखन मण्डलको श्रीमती सीतादेवी मण्डलको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रदान्जली कार्यक्रममा आएका सम्पूर्णलाई बिरुवा वितरण गरिएको पारिवारिक स्रोतले जनाएको छ । गत अषाढ २१ गते विराटनगरमा निधन भएको सीतादेवी मण्डलको जातिय संस्कारअनुसार गरिएको शोक सभामा गोलबजार नगरपालिकाको मेयर लगायत जिल्लाका पत्रकार समाजसेवी तथा राजनैतिक कर्मीको उपस्थिती रहेको थियो । करिब दिउसो ३ बजेदेखि थालिएको कार्यक्रममा मृतक सीतादेवीको तस्बिर राखी सबैले समवेदना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा भोजमा सहभागी भएका सबैलाई विभिन्न जातका बिरुवा वितरण गरिएको थियो । बिरुवाहरू अन्तर्गत मशाला , इपिलिपी, बकाइनो ,मलेसियन सखुवा लगायतको बिरुवाहरू वितरण गरिएको थियो ।

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤