ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

  • असार २९, २०७८
  • १७१७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गरेका छन् । मंगबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको परमादेशका कारण बिदा हुन लागेको बताएका छन् । उनले भने, "सर्वोच्च अदालतको परमादेशका कारण मैले बिदा हुनुपरेको छ ।

यसमा मेरो खासै चिन्ता छैन । मेरो चिन्ता लोकतान्त्रिक प्रणालीमा बढ्दो न्यायिक सक्रियाले देशलाई कहाँ पुर्‍याउँछ भन्‍नेमा छ ।" सर्वोच्च अदालतले सोमबार संसद् विघटनको निर्णय बदर गर्दै विपक्षी गठबन्धनमा प्रस्तावित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । देउवालाई मंगलबार साँझ शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤