बाढीको जोखिम पार गर्दै स्थानीयहरु

  • असार २३, २०७८
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , असार २३ सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटी ७ तथा हाल धनगढीमाई १२ स्थित रहेको सरे खोला वर्षाको समयमा अभिषाप साबित हुने गरेको छ । वर्षाकालमा पानी शिरमा पर्दा बाढी आउने खहरे खोलाको विडम्बना लामो छ । खोला पारीका बस्तिहरु सिमलटोकी , रनहा , खप्टे डाँडा , गडमे , मडयान , आहाले , बगर टोल लगायतका स्थानमा उलेख्य जनसंख्या रहेको छ । यस ठाउँका प्रमुख बाटो एक मात्र विकल्प सरे खोलाको बाटो मा पुल नभएपछि स्थानिय बासीहरु वर्षाको समयमा जोखिम मोल्न बाध्य भएको हो । बाढी वर्षा याममा लगातार आइरहने भएकोले आवत जावतमा कठिनाई उत्पन्न हुन्छ । बिरामी मानिसहरूको लागि अस्पतालको आकस्मिक सेवाहरु लिन पुर्व पछिम राजमार्गको पहुँचबाट ७ किलोमीटर दुरीमा रहेको यस बस्तीसम्म पुग्न सरे खोलामा पुल नहुँदा अकालमा ज्यान गुमाउन बाध्य पारिने स्थिति सिर्जना भएको अवस्थामा स्थानिय सरकार ,प्रदेश सरकार , केन्द्रिय सरकार आँखा बन्द गरेको छ । पटक पटक सरे खोलामा पुलको लागि सर्भे र इसटीमेट तयार हुँदापनि किन सरे खोलामा पुलको काम अगाडि नआएको हो भन्दै स्थानिय चिन्तित बनेका छन् । सरे खोलामा पुल नहुँदा घण्टौं खोला किनारमा बस्नुपर्ने अवस्था छ । बाढी कम भएपछि आवत जावत हुने यस खोलामा बाढी नआउँदा समेत बालुवामा गाड़ी र पैदयात्रीलाई सहजता महसूस हुने गरेको स्थानियको भनाइ रहेको छ ।

Open Photo

जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सरे खोलाको विवशताले स्पष्ट बुझ्न सकिन्छ । गाउँ गाउँमा सिंह दरवार भन्ने कुराको ख्याल यतिबेला अाम मानिसले गर्न सकेको छैन । स्थानिय स्तरमा उब्जनी हुने कृषिजन्य उत्पादनहरू समयमा सरे खोलाको पुल अभावमा स्थानिय धनगढी बजारमा पुग्न नसक्दा लाखौंको किसानहरूको बालीनाली क्षति हुने गरेको किसानहरु बताउँछन् । वर्षेनी दैनिक जीवनमा कठिनाई उत्पन्न भएतापनि सम्बन्धित निकाय मौन बसेको बर्षौ भएको र समाचार सम्प्रेषण हुँदा पनि सम्बन्धित निकाय नगरपालिका मौन बस्नु चिन्ताको विषय बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकामा SE ...

रहमुल लहान, अषाढ २८ । सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा २०८१ सा ...

बरियारपट्टी वडा नं. ...

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को ...

श्री मावि पडरिया थार ...

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१