Siraha Times
ताजा समाचार

बाढीको जोखिम पार गर्दै स्थानीयहरु

  • असार २३, २०७८
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , असार २३ सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटी ७ तथा हाल धनगढीमाई १२ स्थित रहेको सरे खोला वर्षाको समयमा अभिषाप साबित हुने गरेको छ । वर्षाकालमा पानी शिरमा पर्दा बाढी आउने खहरे खोलाको विडम्बना लामो छ । खोला पारीका बस्तिहरु सिमलटोकी , रनहा , खप्टे डाँडा , गडमे , मडयान , आहाले , बगर टोल लगायतका स्थानमा उलेख्य जनसंख्या रहेको छ । यस ठाउँका प्रमुख बाटो एक मात्र विकल्प सरे खोलाको बाटो मा पुल नभएपछि स्थानिय बासीहरु वर्षाको समयमा जोखिम मोल्न बाध्य भएको हो । बाढी वर्षा याममा लगातार आइरहने भएकोले आवत जावतमा कठिनाई उत्पन्न हुन्छ । बिरामी मानिसहरूको लागि अस्पतालको आकस्मिक सेवाहरु लिन पुर्व पछिम राजमार्गको पहुँचबाट ७ किलोमीटर दुरीमा रहेको यस बस्तीसम्म पुग्न सरे खोलामा पुल नहुँदा अकालमा ज्यान गुमाउन बाध्य पारिने स्थिति सिर्जना भएको अवस्थामा स्थानिय सरकार ,प्रदेश सरकार , केन्द्रिय सरकार आँखा बन्द गरेको छ । पटक पटक सरे खोलामा पुलको लागि सर्भे र इसटीमेट तयार हुँदापनि किन सरे खोलामा पुलको काम अगाडि नआएको हो भन्दै स्थानिय चिन्तित बनेका छन् । सरे खोलामा पुल नहुँदा घण्टौं खोला किनारमा बस्नुपर्ने अवस्था छ । बाढी कम भएपछि आवत जावत हुने यस खोलामा बाढी नआउँदा समेत बालुवामा गाड़ी र पैदयात्रीलाई सहजता महसूस हुने गरेको स्थानियको भनाइ रहेको छ ।

Open Photo

जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सरे खोलाको विवशताले स्पष्ट बुझ्न सकिन्छ । गाउँ गाउँमा सिंह दरवार भन्ने कुराको ख्याल यतिबेला अाम मानिसले गर्न सकेको छैन । स्थानिय स्तरमा उब्जनी हुने कृषिजन्य उत्पादनहरू समयमा सरे खोलाको पुल अभावमा स्थानिय धनगढी बजारमा पुग्न नसक्दा लाखौंको किसानहरूको बालीनाली क्षति हुने गरेको किसानहरु बताउँछन् । वर्षेनी दैनिक जीवनमा कठिनाई उत्पन्न भएतापनि सम्बन्धित निकाय मौन बसेको बर्षौ भएको र समाचार सम्प्रेषण हुँदा पनि सम्बन्धित निकाय नगरपालिका मौन बस्नु चिन्ताको विषय बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१