ताजा समाचार

निर्वाचन आयोगले जसपाका दुवै पक्षसँग आज छलफल गर्दै

  • असार २२, २०७८
  • ८१५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । निर्वाचन आयोगले आज(मंगलबार)जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ । जसपाका अध्यक्ष द्वय उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आयोगले बिहान ११ बजे बोलाएकोछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको हो ।

जसपाका स्रोतका अनुसार अध्यक्ष ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जाने तयारी भएको छ भने अर्का अध्यक्ष यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तयारी गरिएको छ ।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई यसअघि नै कारबाही गरेका छन् ।

यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गर्नुभएको भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा यसअघि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤