निर्वाचन आयोगले जसपाका दुवै पक्षसँग आज छलफल गर्दै

  • असार २२, २०७८
  • ७२६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । निर्वाचन आयोगले आज(मंगलबार)जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ । जसपाका अध्यक्ष द्वय उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आयोगले बिहान ११ बजे बोलाएकोछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको हो ।

जसपाका स्रोतका अनुसार अध्यक्ष ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जाने तयारी भएको छ भने अर्का अध्यक्ष यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तयारी गरिएको छ ।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई यसअघि नै कारबाही गरेका छन् ।

यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गर्नुभएको भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा यसअघि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१