विष्णुदेव सरदार| नवसंग्राम दैनिक लहान|असार१७बिहीबार हिजो सिराहाको बिष्णुपुर गाउँपालिकाको कार्यालयले सातौं गाउँ सभा सम्पन्न गरेको छ। गाउँ सभाबाट आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण गरेका छन। प्रदेश न. २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले प्रमुख अतिथिको आसन्न ग्रहण गर्नुभएका थिए। कार्यक्रम पालिका अध्यक्ष जागेश्वर यादव , भु.पु. राज्य मन्त्री शत्रुधन प्रसाद सिंह लगायत २ दर्जन नेता तथा कार्यकर्ता र स्थानीयको उल्लेखनीय उपस्थिति देखिएको थियोे । बिष्णुपुर गाउँपालिका सातौँ गाउँसभाबाट माननीय मुख्यमन्त्री लालबाबू राउत द्वारा वडा न. ३मा ४ कोठे सामुदायिक भवन समुदघाटन सम्पन्न गरेको खवर छ।

गाउँसभामा बिष्णुपुर गाउँपालिकाको आ.व. २०७८/०७९ को लागि सातौं गाउँसभाबाट ३४ करोड ९९ लाख बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन। जसमा चालू खर्च १८ करोड ६३ लाख र पुँजीगत तर्फ १६ लाख ६३ हजार प्रस्तुतीकरण गरेका छन। त्यसैगरी पालिकाले योजना गरेको कार्यक्रममा वडा न. ३ मा सामुदायिक भवन , ३ न. वडा कार्यालयमा स्वास्थ्य चौकी भवनको समुदघाटन सम्पन्न गरेका छन । बिष्णुपुर गाउँपलिकाको सातौं गाउँसभालाई सम्बोधन गर्दै प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी बचाँउ , बेटी पढाऊ बारेमा मन्तव्य राख्दै अब हाम्रो प्रदेश न. २ मा ८ जिल्ला छन । हामी आफ्नो प्रदेशमा लोक सेवाको सुविधा धेरै भन्दा धेरै मात्रामा ल्याएको छु। हाम्रो प्रदेशमा महिलाका लागि ५०% हक अधिकार सुनिश्चित गरिनेछ । जहाँ पुरुष इन्सपेकटर छ त्यहाँ महिला इन्सपेकटर हुनेछ र पुरुष निजामतीको ठाउँमा महिला निजामती हुनेछ । बेटी बचाउ , बेटी पढाऊ सम्मान रुपले हेरेको हो ।

जातीय भेदभाव रहित हाम्रो समाज विकासको पाटो तर्फ दृढ रहन भनेका थिए। अोली सरकारले हाम्रो देशमा कुनै पनि कर्मचारी ,पुलिस प्रशासन हुदा पनि अोलीले दवाब दिई सरुवा गरिदिने गर्छन। हकहित उलङ्घन गर्दै गरिएको राउतले जिकिर गरेका छन। अब हामी नेपाली काङ्ग्रेसको सभापति शेर बहादुर देउवाले सबैलाई नेपालीलाई साथ दिईएको छ । अब देउवालाई साथ दिने बेला आएको छ, अबको आउने चुनावमा देउवाको सरकार हुनेछ । अनि हामी हाम्रो राष्ट्र र समुदाय उन्नतिको मार्गमा लाग्ने छ। शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात सडकलाई प्राथमिकता दिई कार्यक्रम सम्पन्न गरेका थिए।


प्रतिक्रिया दिनुहोस
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved