Siraha Times
ताजा समाचार

आज दही चिउरा खाँदै: अठारौं राष्ट्रिय धान दिवस मनाउँदै

  • असार १५, २०७८
  • १३४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार|सिराहा|असार १५ मंगलबार। आज असार १५ , अर्थात राष्ट्रिय धान दिवस " धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा , आत्मनिर्भरता र समृद्धि सहित अठारौं राष्ट्रिय धान दिवस मनाउँदै छ। आजको दिनलाई " रोपाई महोत्सव " वा रोपाई दिवसको रुपमा पनि चिनिन्छ । हाम्रो नेपाल , कृषि प्रधान देश भएकाले यहाँ परम्परा देखि नै असार १५ लाई दही चिउरा खाएर मनाउने पनि गरिन्छ । नेपालमा २०६२ साल देखि असार १५ लाई धान दिवसको रुपमा मनाउन शुरु गरिएको हो । सरकारले सरकारी स्तरबाट यो दिवस मनाउन पनि ग्रामीण भेगमा किसानहरुले आफ्नै तौरतरिकाले मनाउने गरिन्छ । आज जसरी भएपनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ।यस दिन रोपाइलाई पर्वको रुपमा मनाउने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै , छुप छुप गर्दै धान रोप्ने चलन रही आएको छ। नेपाली समाजमा परापुर्व काल देखि नै असार १५ मा चिउरा दही र साउन १५ मा खीर खाने चलन रहेको छ।

No description available.

आज असार १५ वर्षकै सबभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइँने असारे गीतले आजको दिन देखि दिन छोटा र रात लामो हुँदै जाने हिउँदको शुरुवात भयो भने बुझिन्छ । हलो गोरुले हिल्याएको खेतको हिलोमा छुपछुप धान रोप्ने , आपसमा रमाउने र हिलो छ्यापछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतको माया परती साट्ने समेत आजको दिन प्रयोग भएको देखिन्छ । दही चिउरा सहित आँप जस्ता फलफुल सहित कृषकहरूले आजको दिन खेतमै खाजा खाँदै गीत गाउँदै मनाउने चलन रही आएको छ। कृषि प्रधान हाम्रो देशमा खाद्य सुरक्षाको प्रमुख आधार रुपमा रहेको धान उत्पादनलाई महत्त्व दिदैँ सरकारले असार १५ लाई राष्ट्रिय घान दिवसको रुपमा मनाउन थालेको हो । नेपालमा,धान उत्पादनमा कमी विभिन्न कारणबाट भएको देखिन्छ ।

No description available.

- देशको युवा जनशक्ति विदेश प्लायन हुनु , खेतीयोग्य जमिन जथाभावी टुक्रिनु एवं घडेरीमा परिण्त हुनु , सीमित व्यक्तिहरुको हातमा धेरै जमिनको स्वामित्व रहनु ; उचित सिचाईं व्यवस्थापन नहुनु , अकासे पानीको भरमा पर्नु , उन्नत जातको बीउ वीजन , मल आदिको पर्याप्त मात्रामा उपलब्ध नहुनुका कारणहरु हो। राष्ट्रिय स्तरमा नीति एवं कार्यक्रमहरुको विकास गर्दै धान उत्पादन बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ । राष्ट्रिय धान दिवसको अवसरमा सबैलाई भरपुर शुभकामना ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१