ताजा समाचार

रौतहटको मौलापुर नगरसभामा विपक्षी समूह र प्रहरीबीच झडप, चार जना घाइते

  • असार १०, २०७८
  • ९३७ पटक पढिएको
  • रामएकवाल राम
alt

रौतहट,: विपक्षी दलले रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा बिथोल्न खोजेपछि झडप परेको छ ।बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।तनावकाबीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤