सोनार युवा समुहद्वारा विराटनगरको अतिविपन्न गरिब परिवारलाई वितरण

  • असार ७, २०७८
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिराहालहान . असार ७ सोमबार। सोनार युवा समुहको पहलमा विराटनगरको नगरका विभिन्न भागमा अति विपन्न गरिब परिवारलाई राहत वितरण गरिएको खवर प्राप्त भएको छ। नेपाल सोनार युवा समुहका युवाहरूले अहिलेको बिष् म परिस्थितिमा गरिब , दलित , गुरुबालाई लक्षित गरि राहत स्वरुप १० केजी चामल , २ केजी आलु , १ केजी नुन , १ प्याज , ५०० ग्राम खानेतेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको दिपेन्द्र स्वार्णाकारले बताएका छन। स्थानीयको साथ र सहयोग पाए सँगै कलादेवी साह , महान्नद साह वितरण कार्यका सहकार्य गरेका थिए। कटहरी गाउँपालिका वडा नं ४ का ५० घरधुरीलाई हिजो आइतबार वितरण गरेको हो। यो सँगै विराटनगरको रानी मिल्स एरिया वडा नं १२ मा २५ , वडा नं १५ मा २५ जना गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

Open Photo

यतिमात्र होइन्न १०० (सय) जना बालबालिकालाई राहत स्वरुप लत्ताकपडा दिइएको छ। वितरण कार्यक्रममा दिपेन्द्र स्वर्णाकार , ललन ठाकुर , ललिता सोनी , विनेश स्वर्णाकार , संजय सोनी स्वर्णाकार , शशी भूषण स्वर्णाकार , सुबोध साह , सुनिल सोनी , राजीव स्वर्णाकार लगायतका गरिमामय उपस्थिति थिए। आउँने दिनमा विहानको खाजा र दिउँसोको खाना व्यवस्था पनि गरिनेछ । साथै त्यसैगरी मोरङ क्षेत्र नं ६ विराटनगर महानगरपालिका -७ हरियाली टोल सिंघिया खोला छेउमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई वडा अध्यक्ष मधुबाबु तिवारी र देबकीन्नद अग्रवाल , श्रवण अग्रवाल राजु अग्रवाल , पद्म श्रेष्ठ र जस्वन्त सिंह , दिपेन्द्र स्वर्णाकार लगायत समाजसेवी , शिक्षक , बुद्धिजीवी , अगुवाहरुको सहयोगमा ७५ घरधुरीलाई राहत वितरण गरिएका छन। आउने दिनहरुमा पनि प्रोपकारी सहयोगको भावनालाई उजागर गर्दै जाने राहत सहयोगी दिपेन्द्र स्वर्णाकाले बताए । " सेवा नै धर्म हो "

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाका वडा ...

रहमुल, लहान जेठ १ । सिरहाको लहान नगरपालिका अन्तर्गतका २४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु जेठ ...

युवा संघ पर्सा आफ्नो ...

वीरगंज १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ...

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१