Siraha Times
ताजा समाचार

गोलबजार सब डिभिजन बन कार्यालय द्वारा ३लाख बिरूवा उत्पादन

  • असार ४, २०७८
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान असार ४गते।सिरहाको नरहा गाउँ पालिका स्थित सब डिभिजन बन कार्यालय चौहर्वा ले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरेका छन। गोलबजार सब डिभिजन बन कार्यालयले निशुल्क बितरण तथा बन जङ्गल क्षेत्र मा वृ क्षारोपण को लागि प्रदेश सरकार र सघिय सरकार को कार्यक्रम अन्तर्गत ३ लाख बिरूवाहरु उत्पादन गरेका हुन।

No description available.

प्रदेश सरकार कार्यक्रम अन्तरगत नरहा गाउँ पालिका .- ३ चौहर्वा स्थित सब डिभिजन कार्यालय को परिसरमा-१ लाख ,सिरहा न. पा.-१० स्थित भलुवाही मा बि को कम्पाउण्ड मा १ लाख गरि २ लाख महगनी,शिरीष ,लिपटिस,मसला , गम्हाइर, इपिलिपी ,हरोबरो ,बकाईनो ,खैयर तेज पात ,बइर ,अमला, लोकल साल ,आसन आदी जातका रूखकाे बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय चौहर्वाका फोरेस्टर काशिन्द्र यादव ले बताएका छन।

No description available.

त्यस्तै सघिय कार्यक्रम अन्तरगत गोलबजार न पा.- ४ राजदेबी मन्दिर नजिक १ लाख बिरुवा उत्पादन गरेका छ्न। नगरपालिका , गाउँ पालिका तथा बन जङ्गल क्षेत्र लाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले स्थानीय बासीलाई निशुल्क बाेटबिरूवा बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि उत्पादन गरिएको सब डिभिजन बन कार्यालय चौहर्वाका फोरेस्टर कासिन्द्र यादवले बताएका छन। उत्पादन गरिएको बिरुवा डिभिजन बन कार्यालय लहान ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने र बाकी रहेका लाई बन जङ्गल क्षेत्र मा वृक्षारोपण गरिने फोरेस्टर यादवले बताएका छ्न। वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न।

No description available.

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१