Siraha Times
ताजा समाचार

केन्द्रमा ओलीपक्षको विरोध गर्ने जसपा लाहानमा ओलीमय

  • असार ४, २०७८
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 महेश सिंह सिरहा लाहान ४ असार - जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह केन्द्रमा ओलीको चर्को विरोध गरेपनि सिराहाको लाहान नगरपालिकामा ओलीमय भएका छन । जेठ ३० गते आईतवार गठन भएको चार दलिय गठबन्धन टुक्रिएको छ । नेपाली कांग्रेस, जसपा(यादव समुह), माओवादी केन्द्र तथा नेकपा एमाले (माधव समुह) ले समग्र रुपले बनाएको गठबन्धन भत्केको हो । लाहान नगरपालिकाद्वारा अषाढ ३ गते हुने भनिएको नगरसभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा बिकासको नाममा हुनेगरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलिय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधि समेत छनौट गरिएको थियो । प्राप्त जानकारी अनुसार प्रतिनिधि छनौटमा नेपाली काङ्ग्रेस बाट अरुण के.सी, जसपा बाट विजय महतो, माओवादी केन्द्रबाट गणेश चौधरी, नेकपा एमाले(माधव समुह) बाट देवशरण पन्डितलगायतका नेताहरु रहेका थिए । त्यसैअनुरूप गठबन्धनलाई कृयाशिल गर्न दलिय संयन्त्र बनाईएको थियो जसमा नेपाली काङ्ग्रेसबाट सुनिल महतो, माओवादी केन्द्रबाट विजय गुप्ता, जसपा बाट दिनेश महतो र नेकपा एमाले (माधव समुह) बाट विनोद साहलगायतका नेताहरु रहेका थिए । सामुहिक सहमति पछि सम्पुर्ण दलिय प्रतिनिधिले राजदेवी माताको नामले सपथ खाएका थिए तर उक्त सपथलाई राजनैतिक ग्रहणले टुक्राटुक्रा पारिदिएको छ । जम्मा चार वडामा जितेका जसपा(यादव) समुहले उक्त सहमति तोडेको आरोप छ । नेपाली काङ्ग्रेसका नेता सुनिल महतोको अनुसार जनप्रतिनिधिको बहुमतिय कोरम पुर्याउन उक्त सहमति तोडिनुमा मेयर मुनी साहको तर्फबाट ठुलो आर्थिक चलखेल भएको छ ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१