केन्द्रमा ओलीपक्षको विरोध गर्ने जसपा लाहानमा ओलीमय

  • असार ४, २०७८
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 महेश सिंह सिरहा लाहान ४ असार - जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह केन्द्रमा ओलीको चर्को विरोध गरेपनि सिराहाको लाहान नगरपालिकामा ओलीमय भएका छन । जेठ ३० गते आईतवार गठन भएको चार दलिय गठबन्धन टुक्रिएको छ । नेपाली कांग्रेस, जसपा(यादव समुह), माओवादी केन्द्र तथा नेकपा एमाले (माधव समुह) ले समग्र रुपले बनाएको गठबन्धन भत्केको हो । लाहान नगरपालिकाद्वारा अषाढ ३ गते हुने भनिएको नगरसभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा बिकासको नाममा हुनेगरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलिय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधि समेत छनौट गरिएको थियो । प्राप्त जानकारी अनुसार प्रतिनिधि छनौटमा नेपाली काङ्ग्रेस बाट अरुण के.सी, जसपा बाट विजय महतो, माओवादी केन्द्रबाट गणेश चौधरी, नेकपा एमाले(माधव समुह) बाट देवशरण पन्डितलगायतका नेताहरु रहेका थिए । त्यसैअनुरूप गठबन्धनलाई कृयाशिल गर्न दलिय संयन्त्र बनाईएको थियो जसमा नेपाली काङ्ग्रेसबाट सुनिल महतो, माओवादी केन्द्रबाट विजय गुप्ता, जसपा बाट दिनेश महतो र नेकपा एमाले (माधव समुह) बाट विनोद साहलगायतका नेताहरु रहेका थिए । सामुहिक सहमति पछि सम्पुर्ण दलिय प्रतिनिधिले राजदेवी माताको नामले सपथ खाएका थिए तर उक्त सपथलाई राजनैतिक ग्रहणले टुक्राटुक्रा पारिदिएको छ । जम्मा चार वडामा जितेका जसपा(यादव) समुहले उक्त सहमति तोडेको आरोप छ । नेपाली काङ्ग्रेसका नेता सुनिल महतोको अनुसार जनप्रतिनिधिको बहुमतिय कोरम पुर्याउन उक्त सहमति तोडिनुमा मेयर मुनी साहको तर्फबाट ठुलो आर्थिक चलखेल भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकामा जैव ...

रहमुल लहान ८ जेठ सिरहाको लहान नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा जैविक सुरक्षा (बायो सेक्युरिटी) स ...

हुलाकी सडकको सिरहामा ...

रहमुल औरही ८ जेठ सिरहाको औरही गाउँपालिकामा हुलाकी सडकखण्डमा पहिलो पल्ट सुबिधा सम्पन्न र ब्यबस्थित कृ ...

सिरहामा लागुऔषध गाँज ...

ओम प्रकाश यादव लहान जेठ ५ । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ०१, देविपुरमा सञ्चालित 'शिद्धीक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१