बाढीले बिचल्ली हजारौ विस्थापित

  • असार २, २०७८
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार २ ।  सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए। उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन्। सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ।हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए। त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए।२०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। २०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो। तर विपद् प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले बर्सेनि ठूलो क्षति भोग्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी वडा नं. ...

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को ...

श्री मावि पडरिया थार ...

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रम ...

बालश्रम मुक्त स्थानी ...

रहमुल लहान २७ असार । सिरहाको लहान बिशाल होटेलको सभा हलमा "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१