ताजा समाचार

अनुमति पत्र नभएका टेम्पु चालक तथा ओभर लाेड गरेकाे ट्रक चालकलाई ट्राेफिक प्रहरी द्वारा जरिवाना

  • असार २, २०७८
  • १६२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेन्द्र महताे/ गाैशाला महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे अस्थाई ट्राेफिक कार्यालय गाैशालाले वुधवार रामनगर र अस्थाई प्रहरी कार्यालय कठुधार चाैकि नजिक चार वटा टेम्पु र दुई वटा ट्रकलाई दुई हजार र एक हजारकाे दरले जरिवाना गरेका छन। चालकले ट्रकमा अाेभर लाेड गरेकाे, चालककाे लाईसेन्स नभएकाे र त्यसै गरि टेम्मु चालकहरुलाई लाईसेन्स नभएकाे तथा टेम्पुमा अाेभर यात्रिहरुलाई अाेसार पाेसार गरेकाे कारण जरिवना गरेकाे अस्थाई ट्राेफिक कार्यालय गाैशालाले जनाएका छन । जिल्ला प्रशासनले लकडान लगाएकाे भए पनि त्यसकाे विपरीत टेम्पुहरु गाैशाला राेड देखि गाैशाला जिराेमाई र निगाैल चाैक देखि सम्सी अावत जावत गरि नै रहेकाे छ । जरिवाना तिरेका टेम्पु चालकहरुलाई लाईसेन्स लिएर टेम्पु चालउन निर्देषण दिएकाे र त्यसकाे उल्नधन गरेमा ट्रफिक नियमानुसार कार्वाई गर्ने प्रहरीले जनाईएका छन ।उता लकडाउनकाे कारण चालक अनुमति पत्र नवनाएकाे र घरकाे स्थिति निकै खराव भएकाे कारण बाध्य भएर टेम्पु चलाउनु परेकाे चालकहरुले वताएका छन ।हामिहरु कुनै लहरले हाेईन अाफ्नाे पेट तथा वालवच्चाकाे पेट भर्नकाे लागि तथा बैंक सँग लिएकाे ऋणकाे व्याज तिर्नकाे लागि टेम्पु चलाउन बाध्य भएका छाै ।सरकारले हामि गरीवहरुलाई अाज सम्म लकडाउ अवधिकाे व्याजमा छुटकाे कुनै सुविधा नदिएकाेमा उनिहरुले गुनासाे गरेका छन ।चालक अनुमति पत्र नभएकाे कारण भाेलि देखि टेम्पु नचलाउने ,यदि चलाउनु परेमा जरिवानाकाे तिर्नु बाहेक कुनै कसर बाँकि हुने डरले अाफु लगायत वालवच्चालाई खाना काहाँ बाट खुवाउने चिन्ता सताईरहेका चालकहरुले बताए।

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤