बिओपी मर्यादपुर द्धारा भारी मात्र अवैद्य औषधी नियन्त्रणमा

  • असार २, २०७८
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलबस्तु , २ असार कपिलबस्तुको नेपाल भारत सीमा स्थित रहेको बिओपी मर्यादपुरले भारी परिमाणमा अवैद्य औषधी पक्राउ गरेको छ । बिओपी मर्यादपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले यशोधरा गाँउपालिका ५ को ननवा स्थित खेतबाट बोरामा करिब ४ लाख ७५ हजार बराबरको भन्सार छलेर ल्याउदै गरेको अवैध औषधी बरामद गरेको हो । सशस्त्र प्रहरीका बिओपी मर्यादपुरका ईन्चार्ज एवम् प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी निरिक्षक सिंहका अनुसार, प्रहरी टोलीलाई देख्ने वित्तिकै भन्सार छली गरी ल्याउँदै गरेको औषधी छाडेर व्यक्ति भागेको थियो । बरामद गरिएको औषधीहरु कारवाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको उहाले बताएका छन् । कोरोना कालमा लकडाउनको मौका छोपी त्यहाँको विभिन्न नाकाबाट तस्करी भइरहेको खबर थाहा पाएपछि बिओपी मर्यादपुरले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे संगै पछिल्लो समयमा सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

जनता समाजवादी पार्टी ...

कपिलवस्तु, मंसिर २२।  जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका ...

जमियत उलेमा ए नेपालक ...

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौल ...

मन्त्री गुप्ता द्वार ...

रहमुल लहान , २१ मंसिर । Sowers Action Nepal तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सहयोगमा सिरहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१