मेयर द्वारा पुलको शिलान्यास गरिएको अवस्था

  • असार २, २०७८
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ २ । नेपालको पुर्व पछिम लोकमार्गको पहुँचबाट टाढा रहेको साविक गाउँविकास समिति विष्णुपुरकटी तथा धनगढीमाई १४ प्राकृतिक रूपमा सजिएको सुन्दर पर्यटकिय सिरहाको भूमि मानिन्छ जहाँ बाटोघाटोको असुविधा , बिजुलीबत्तीको असुविधा ,सञ्चार , स्वास्थ्य र शिक्षा लगायतका विषयको पहुँचबाट विगतमा सास्ती भोग्दै आएका यहाँका मानिसहरू यतिबेला खुशी भएका छन् । स्थानिय सरकार आएपछि यस ठाउँमा सेवा सुविधामा उलेख्य सुधार आएको छ । सिरहाको उत्तरवर्ती क्षेत्र बिहीबारे स्थित सर्रे खोलामा एक कार्यक्रमका बीच बिहीबारे देखि कसाई टार जोड्ने झुलुङ्गे पुलको शिलान्यास मेयर हरिनारायण चौधरीले गर्नुभएको स्थानिय नेता गोकुल पोखरेलले जानकारी दिनुभयो ।

यस अघि मेयर हरिनारायण चौधरीको पहलमा उक्त बिहीबारेको उत्तर लालपुरे टोल देखि मदन भण्डारी माविसम्म झोलुङ्गे पुलको निर्माण भइसकेको अवस्था छ । आम मानिसको सहजताको लागि उक्त वडाको मडयान खोलाको देउसेमा एक अर्को झोलुङ्गे पुलको निर्माण यस अघि भइसकेको श्रोतको दाबी रहेको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम , धनगढि माई नगरपालिका र स्थानियस्तरको त्रिपक्षीय सहयोगमा करिब १ करोड ७ लाख को निर्माण लागतमा निर्माण हुन लागेको पुलबाट स्थानिय जनता लाभान्चित हुने पक्का देखिएतापनि सलहेश डाँडा सम्म सडक विस्तार गरेर उदयपुर जिल्लाको दक्षिणी भाग सोमबारे सडक विस्तार चुनौती महसुस गरिएको स्थानियको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१