Siraha Times
ताजा समाचार

मेयर द्वारा पुलको शिलान्यास गरिएको अवस्था

  • असार २, २०७८
  • ९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ २ । नेपालको पुर्व पछिम लोकमार्गको पहुँचबाट टाढा रहेको साविक गाउँविकास समिति विष्णुपुरकटी तथा धनगढीमाई १४ प्राकृतिक रूपमा सजिएको सुन्दर पर्यटकिय सिरहाको भूमि मानिन्छ जहाँ बाटोघाटोको असुविधा , बिजुलीबत्तीको असुविधा ,सञ्चार , स्वास्थ्य र शिक्षा लगायतका विषयको पहुँचबाट विगतमा सास्ती भोग्दै आएका यहाँका मानिसहरू यतिबेला खुशी भएका छन् । स्थानिय सरकार आएपछि यस ठाउँमा सेवा सुविधामा उलेख्य सुधार आएको छ । सिरहाको उत्तरवर्ती क्षेत्र बिहीबारे स्थित सर्रे खोलामा एक कार्यक्रमका बीच बिहीबारे देखि कसाई टार जोड्ने झुलुङ्गे पुलको शिलान्यास मेयर हरिनारायण चौधरीले गर्नुभएको स्थानिय नेता गोकुल पोखरेलले जानकारी दिनुभयो ।

यस अघि मेयर हरिनारायण चौधरीको पहलमा उक्त बिहीबारेको उत्तर लालपुरे टोल देखि मदन भण्डारी माविसम्म झोलुङ्गे पुलको निर्माण भइसकेको अवस्था छ । आम मानिसको सहजताको लागि उक्त वडाको मडयान खोलाको देउसेमा एक अर्को झोलुङ्गे पुलको निर्माण यस अघि भइसकेको श्रोतको दाबी रहेको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम , धनगढि माई नगरपालिका र स्थानियस्तरको त्रिपक्षीय सहयोगमा करिब १ करोड ७ लाख को निर्माण लागतमा निर्माण हुन लागेको पुलबाट स्थानिय जनता लाभान्चित हुने पक्का देखिएतापनि सलहेश डाँडा सम्म सडक विस्तार गरेर उदयपुर जिल्लाको दक्षिणी भाग सोमबारे सडक विस्तार चुनौती महसुस गरिएको स्थानियको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१