Siraha Times
ताजा समाचार

सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

  • जेठ ३०, २०७८
  • २१८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान जेठ३०गते।सिरहामा कटुवा पेस्तोलसहित एकजनालाई प्रहरी ले पक्राउ गरेका छ्न। पक्राउ पर्नेमा सुखीपुर नगरपालिका– ७ बलहीका ४७ वर्षीय गणेशकुमार सिंह रहेका छ्न। गोप्य सूचनाको आधारमा आइतबार बिहान इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ। सिंहको घरबाट पेस्तोल र गोली बरामद भएपछि ४७ वर्षीय गणेशकुमार सिंहलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहको ईलाका प्रहरी कार्यालय महेशपुर पतार मा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रबक्ता तथा डि.एस. पि. शालिग्राम शर्मा पौडेलले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१