भारतीय सेनाद्वारा नेपाली सेनालाई २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री सहयोग

  • जेठ २९, २०७८
  • ५८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं जेठ २९ । भारतीय सेनाले प्रदान गरेको करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर, एम्बुलेन्स, आईसीयू बेड, पीपीई किट, पीसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामग्री जेठ २७ गते काठमाडौं ल्याइएको थियो । भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाईंमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु-याएको योगदानको सराहना गरे ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१