Siraha Times
ताजा समाचार

नागरिकता माग्दै मधेशमा प्रदर्शन

  • जेठ २८, २०७८
  • ११९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा। सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि युवाहरुले नागरिकता माग गर्दै प्रदर्शन गरेका छन् ।प्रदर्शनमा सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर, जन्म सिद्धका सन्तानलाई नागरिकता दे, गैर नागरिक बनाउन–पाइँदैन, देशका असल नागरिकको पहिचान गर, संविधान संशोधन छिटो गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । ढल्केवरको खानेपानी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शन ढल्केवरको विभिन्न भागमा परिक्रमा गर्दै शहीद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा ईन्द्रजीत साफीले संविधान जारी भएको ५ वर्ष बित्दा पनि जन्मसिद्ध तथा जन्मका आधारमा नेपालीले नागरिकता प्राप्त गरेका हजारौँ नेपालीका सन्तानहरु अझै पनि नागरिकता विहीन रहँदा निकै पीडादायी अवस्थाबाट गुज्रिनु परेको बताए । उनले नागरिकता प्राप्त गर्न नसक्दा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भएर बस्नुपरेको बताए । उनले डाक्टर, इञ्जिनियर लगायतका शिक्षा प्राप्त गर्न नागरिकता चाहिने, बैंक एकाउन्ट खोल्दा नागरिकता, मोटर साइकलका लागि लाइसेन्स, घर जग्गा खरिद विक्री गर्दासमेत नागरिकताको आवश्यकता हुँदा समेत आफुहरुलाई लामो समयदेखि सरकारले बेवास्ता गर्दै नागरिकता नदिई अनागरिक बनाएको दुखेसो गरे ।

साफीले राहदानी बनाउन नसकेकै वैदेशिक रोजगारीमा जान नसकेको बताए । उनले भने– आफू पनि सिभिल इन्जिनियर भएर पनि नागरिकता नभएकै कारण बेरोजगार बस्नु परेको छ । उनले अघि थप्दै भने– सरकार र सर्वोच्च अदालतसँग पीडा बुझिदिन आग्रह गर्छु । सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने अध्यादेश ल्याएको खुसियालीमा दीपावलीसमेत मनाएका स्थानीय युवा बिहीबार सर्वोच्च अदालतको आदेशबाट निराश हुँदै नाराबाजीमा उत्रेका हुन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१