लुकाएर राखेकाे हतियार र गोलीसहित दुईजना पक्राउ

  • जेठ २६, २०७८
  • ५४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

फिदिम ।  लुकाएर राखेकाे हतियार र छ राउण्ड गोलीसहित प्रहरीले मोरङको केराबारीबाट  दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू र केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेशकुमार लिम्बू रहेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा दुवै जनालाई गणेशको घरबाटै पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कटुवा पेस्तोल र छ राउण्ड गोलीसहित दुई पुरुषलाई केराबारी गाउँपालिका–९ देवीझोडाबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये गणेशको घरको भान्सा कोठामा लुकाएर राखेको अवस्थामा पेस्तोलसहित ३०३ राइफलको पाँच राउण्ड र पेस्तोलको एक राउण्ड गोली बरामद भएको हो । बेलबारीबाट को १ च ८३६८ नम्बरको कारभित्र राखेर गोली र पेस्तोल पदमले गणेशको घरसम्म पुर्‍याएको खुलेको एसपी खड्काले बताए । गणेशकै घरको आँगनमा पार्किङ गरेर राखिएको अवस्थामा खानतलासी गर्दा कारभित्रबाट खुकुरी र चक्कु पनि बरामद भएको उनको भनाइ छ ।

‘बेलबारीबाट कारमा राखेर पुर्‍याइएको हतियार गणेशको भान्सा कोठामा लुकाएको अवस्थामा भेटियो,’ खड्काले भने, ‘त्यसपछि दुवैजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ ।’ खड्काका अनुसार हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान थालिएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

कारभित्र हतियार राखेर हिँड्ने गरेको सूचना यसअघि नै आएपछि प्रहरीले पदमको पिछा गरिरहेको थियो । विगतमा कुनै अपराधिक घटनामा पक्राउ परेकाहरुको संलग्नता छ कि छैनभन्ने बारेमा यकिन गर्न पृष्ठभूमिका बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१