ताजा समाचार

सबैलामा २६ लाखको ढलान ३ दिन टिकेन

  • जेठ २४, २०७८
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर । निर्माण सम्पन्न भएको तीन दिन पनि नपुग्दै धनुषाको सबैला नगरपालिका–४ बल्टियामा पिसिसी ढलान चर्केको छ । स्थानीय तहको योजनाले रु २६ लाख बराबरको लागतमा समृधी निर्माण सेवामार्फत जेठ १८ गते पिसिसी ढलान निर्माण गरेको थियो । तिन सय ९० मिटर लम्बाइको सो सडकको बीच भागमा ३/४वटा भ्वाङ ( चर्केको )परेको एक स्थानीयवासीले जानकारी दिए । सडकलो दायाँबायाँ भागको जमीन भासिएको कारणले भ्वाङसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

सडकको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ । ठेकेदार सचिन यादवले सडक निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासीले बताए । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा तीन दिन पनि नबित्दै सडक भत्किने अवस्थामा पुगेको स्थानीयवासीले बताए । यता ठेकेदार यादवको अनुसार मेरो काममा कुनै कमि कमजोरी छैन, एक दम राम्रो काम भएको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤