ताजा समाचार

नवराजपुरको देवनगरमा सार्वजनिक बाटो कब्जा

  • जेठ २३, २०७८
  • ११७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा लहान - जेठ २३ आइतबार । सिरहा जिल्ला नवराजपुर गाँउपालिक वाड नः५ देवनगर गाँउको सरकारी , सार्वजनिक बाटोलाई कब्जा गरिएको छ । कब्जाबाट आम जनताको जनजीवन प्रभावित बनेको देखिन्छ । नवराजपुर गाँउपालिकको काङ्ग्रेस पार्टीको वरिष्ठ नेता शीतल प्रसाद यादव बिचबाटोमा दक्षिण तिरबाट खुट्टा गर्नुभएको छ र उहाँको भनाइ अनुसार यो बाटो मेरो जग्गाधनी दर्ता प्रमाण पुर्जा मा छ र उक्त बाटो जग्गाको मेरो हो ।

अर्कातिर बाट बन्धु यादवले बाटोमा उत्तर तिरबाट खुट्टा गर्नुभएको छ र उहाँको भनाइ अनुसार उहाँले आफ्नो जग्गामा खुट्टा गर्नुभएको छ । बिचबाटोमा खुट्टा गर्दा एकातिर एकजनाले अर्कातिर एकजनाले गर्दा आज आम जनताको जनजीवन प्रभावित बनेको आम जनताको गुनासो रहेका छन। स्थानीयबासीहरुले दुइटै पक्षलाई अनुरोध गर्दछ कि कृपया तपाई बाटोबाट ढाट हटाउनु , गाउँ समाजको भेला गरेर समस्यालाई समाधान गर्नु पर्ने स्थानीयहरुले यी दुवै बादी प्रतिबादीलाई आग्रह गर्नुभएको छ। यस्ता किसिमको जनजीवन प्रभावित जन नगरिदिनुहोला भनेर दुवै पक्षलाई स्थानीयले हार्दिक अनुरोध गरेका छन।

यसै बिच नवराजपुर गाउँपालिका जनताको आवाजले समेत यीनिहरुहरुसँग जनताकोलागि बन्ति समेत गरेका छन। यदि यस्तो प्रवृत्तिले उग्र रुप लिन्छ भने दिगो विकास कहिल्यै सम्भव हुदैन्न । तसर्थ राष्ट्र , समाजलाई विकसित गर्नका निम्ति सबै एक ढिक्का हुनु जरुरी देखिन्छ । दिगो विकास ल्याउनुपर्नेमा जोड दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤