Siraha Times
ताजा समाचार

अबैध घरेलु मदिरा बरामद गरि नष्ट: ईलाका प्रहरी कार्यलाई बोदे बर्साईन

  • जेठ २३, २०७८
  • ८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मेश कुमार साह बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिकाका विभिन्न वडा बाट अबैध घरेलु मदिरा तथा मदिरा बरामद गरि नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक अरुण सिंहको नेतृत्वमा खटिएको टोलिले बोदे बर्साईन नगरपालिका अन्तरगत विभिन्न वडाहरुको होटल तथा घरहरू बाट करिब २०० लिटर घरेलु मदिरा तथा २०० पिस सफी बरामत गरि नस्ट गरिएको हो ।

Open Photo

यसैगरी केही दिन अगाडी बोदे बर्साईन नगरपालिका वडा नम्बर ०९ स्थित स्वर्णपट्टि बोडर बाट पनि अबैध सफी ( मामा श्री ) नामक मदिरा बरामद गरि नस्ट गरिए छ। बरामद भएको अवैध घरेलु मदिरा तथा बोडर बाट बरामद गरेर ल्याएको मदिरा इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रहरी प्रमुख अरुण सिंह , बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ का अध्यक्ष मो. मजेबुर रहमान , नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल सिंह , स्थानिय बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकार उमेश कुमार साहको रोहवरमा नष्ट गरिएको हो ।

Open Photo

प्रहरीले ५ वटा गेलेनमा घरेलु मदिरा र सफी नामक मदिरा लगभग २०० पिस नियन्त्रणमा लिएको थियो । यस मौषममा घरेलु मदिरा अत्यधिक सेबनको कारण मृत्यु समेत हुने गरेको कारणले गर्दा प्रहरीले यस्ता खाले अबैध घरेलु मदिरा उत्पादन गर्ने स्थानहरुमा खानतलासी गरी मदिरा नस्ट गर्ने अभियान नै संचालन गरिएको प्रहरी नायब निरीक्षक प्रमुख अरुण सिंहले जानकारी दिए। मदिराले समाजमा विकृृति बढेको हुदा अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण सम्बन्धि स्विप अप्रेशनलाई थप प्रभावकारी बनाईने प्रहरी नायब निरीक्षक अरुण सिंहले बताए ।

यसै गरि भारतबाट भन्सर छली नेपाल ल्याउँदै गरेको लगभग पचास हजार मूल्य बराबरको अबैध समान ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले बरामद गरेको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत विभिन्न स्थानबाट ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनको प्रहरी नायब निरीक्षक अरुण सिंहको कमान्डमा खटिएका प्रहरीले ५० हजार मुल्य बराबरको अबैध कसमैटिक र किरना समान बरामद गरेको हो । यस अघि पनि सय लाखौं मूल्य बराबरको कपडा, किराना सामान, मोटर पार्टसहरु, पान मसलाका समान बेवारिसे अवस्थामा बरामद गरेको छ । बरामद भएका समान सप्तरीको राजबिराज स्थित कुनौली भन्सार कार्यालय बुझाइएको प्रहरी नायब निरीक्षक अरुण सिंहले जनाए ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१