ताजा समाचार

२४ घण्टाभित्र उप-प्रधानमन्त्री महतोलाई देश निकाला गर्न माग (विज्ञप्तिसहित)

  • जेठ २२, २०७८
  • १२९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं : उप–प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपालले विज्ञप्ति जारी गरेर यस्तो माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा जनाएको छ । साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ । असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
हेर्नुस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤