धनगढीमाईमा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोकिएन, चुरे दोहनपक्षमा मेयर चौधरी

  • जेठ २२, २०७८
  • ११५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २२ जेठ । सिरहाको धनगढीमाई नगरपालिका १३ असारीको सर्रे खोलामा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् हुँदा बस्ती नै उजाड हुने जोखिम बढेको छ । चुरे दोहनविरुद्ध देशव्यापी आन्दोलन चलिरहेको बेला माओवादीबाट निर्वाचित मेयर हरिनारायण चौधरीले बस्तीलाई नै जोखिम हुने गरी रोशन कन्ट्रक्शन जनकपुरलाई उत्खनन् गर्न स्वीकृती दिएको छ ।

जेठ ११ गते दिएको स्वीकृती बमोजिम १५ हजार घन मिटर सर्रे खोलाबाट ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्न सो कन्ट्रक्शनलाई जिम्मा दिएको हो । १४० रुपैयाँ घन मिटरको दरमा धनगढीमाई नगरपालिकाले स्वीकृती दिएको हो । जहाँ एक घन मिटरको विक्री दर १२ सय रहेको छ । जेठ २१ गतेसम्म सो कन्ट्रक्शनले ३ हजार घन मिटर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिसकेको छ । रोशन कन्ट्रक्शनले ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्न त्यसक्षेत्रको सामुदायिक वन फडानी गरी नयाँ बाटो बनाएको छ । यस प्रति जिल्ला वन कार्यालय लहान सिरहा बेखबर छन् ।

सर्रे खोलाबाट यसरी ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्दा खोला डाईभर्ट भएर धनगढीमाईको वडा नम्बर १२, ११, ३, २ लगायतको गाउँवस्ती पूर्णरुपमा डुबान पर्ने समाजसेवी शिवशंकर महतो बताउँछन् । महतोले ‘यस्तो अवस्था रहियो भने मधेश मरुभूमी बन्ने निश्चित छ ।’ ‘यो ढुँगा, गिट्टी तथा वालुवा आफ्नो गाउँठाउँको विकासमा प्रयोग भए हुन्थ्यो ।’ ‘तर, धनगढीमाई भन्दा बाहिर लगेर यत्रो ठुलो खाल्टो बनाएको छ ।’‘ यो मेयरले आर्थिक चलखेल गरेर गाउँबस्तीलाई क्षति पुर्याउँने काम गरिरहेको छ ।’ ‘यसको प्रतिकारमा हामी आन्दोलित छौं ।’ अवैद्य ढंगबाट ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्ने कार्य रोक्न स्थानीयवासी आन्दोलित छन् ।

चुरे दोहन रोक्न हामी आन्दोलनमा छौं ।मेयर चौधरी पनि माओवादीबाट आएका हुन । माओवादी पनि ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोक्न आन्दोलनमा रहेको बेला यो मेयरले आर्थिकलाभमा ब्यापार चलाउँदै आएको अर्का समाजसेवी महेश अधिकारीले बताए । समाजसेवी अधिकारीले ‘हेवी जेसिबी प्रयोग गरेर उत्खनन् गरिरहेको छ ।’ ‘मेयर चौधरीलाई जनता मार्ने काम नगर्न पटक पटक अनुरोध गरे । तर, मेयर चौधरीले आफ्नो गाउँवस्ती लोकमार्गदेखि दक्षिण रहेकोले त्यस जोखिम वस्तीप्रति दयामाया नगरेको देखियो ।’ ‘विकास र मानव संसाधनप्रति यो मेयरको कुनै सकारात्मक सोच नरहेकोले हामी जोखिममा परेको’ समाजसेवी अधिकारीको कथन छ ।

मेयर हरिनारायण चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा)बाट बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम उत्खनन् गर्न दिएको हो । चुरे दोहनविरुद्ध आन्दोलन जेठ १५ गतेदेखि भएको हो । म त्यो भन्दा पहिले जेठ १० गते नै निर्णय गराएर स्वीकृती दिइसकेको हुँ । आन्दोलनसँग मलाई के मतलब ? मेयर चौधरी बताउँछन् ।

खानीको नाममा मरुभूमी बन्दै

सिरहाको गोलबजार, धनगढीमाई, लहान, नरहा, मिर्चैयामा व्यापक ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् भइरहेको छ । नरहा ३ चोहर्वा स्थित यो लकडाउनको अवस्थामा समेत दर्जनौ ठाउँमा पचास फिटभन्दा गहिरो खनेर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिएको छ । यसप्रति सरोकारवाला निकाय बेखबर नरहेको स्थानीय रामकुमार यादव बताउँछन् । स्थानीयका अनुसार प्रहरी प्रशासनकै मिलोमतोमा यस्तो ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् भइरहेको छ । हामी उजुरबाजुर गर्दा कहिकतै सुनवाई हुँदैन ।

No description available.

 

No description available.

प्रतिक्रिया दिनुहोस

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१