सिरहाका एक पूर्व सासंद तथा पुराना कम्युनिष्ट नेता वाइवाको निधन

  • जेठ २१, २०७८
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेठ २१ गते।सिरहाका एक पूर्व सासंद तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका सिरहाको कर्जन्हा निवासी ७८ वर्षीय वाइवाको उपचारको क्रममा मा बिहीबार साँझ झापामा निधन भएको हो । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापाको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सोही हस्पिटलमा उनको मृत्यु भएको बताइएको छ। एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । वाइवा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । उहाँ कम्यूनिष्ट आदर्श र सोशित पीडित जनता प्रति समर्पित नेताको रुपमा लोकप्रिय बनेका थिए। वाइवाकाे निधनले कम्युनिस्ट नेता कार्यकर्ता तथा कर्जन्हा बासीहरु गहिरो शाेकमा डुबेकाे छ।

प्रतिक्रिया दिनुहोस

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

नवराजपुर–१ करमनियाँक ...

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्या ...

श्री ल.ल. कु. मा. वि ...

ओम प्रकाश यादव लहान माघ ७ । लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१