ताजा समाचार

मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीद्धारा १५ घर परिवारलाई राहत बितरण

  • जेठ १८, २०७८
  • १२९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री जेठ १८ सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले आज १५ घर परिवारलाई राहत बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाले अभियान नै संचालन गरी राहत बितरण गरेको हो ।

Open Photo

मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा आज ओमसतिया गाउपालिका वडा नम्बर ५ भित्र रहेका अति बिपन्न १५ घर परिवारलाई पाच किलो चामल , एक पोका नुन, एक पोका सोयाबिन , आलू ,प्याज लगायत खाद्यन्न सामग्री बितरण गरिएको खाद्यान्न सहयोग अभियानका अभियानकर्मी हीना तिवारीले जानकारी दिनु भयो । मर्चवार सामुदायिक बिकास केन्द्रको समुहले लकडाउनको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ बिगत १ हप्ता देखि नै खाद्यान्न सहयोग अभियान सुरु गरेर खाद्यन्न बितरण गर्दै आएको छ ।

Open Photo

खाद्यन्न बितरण अभियानमा विभिन्न क्षेत्रबाट प्राप्त भएका सहयोगबाट नै राहत बितरण गरिएको हो । अब रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र मर्चवार क्षेत्रमा पनि राहत बितरण गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष उपाध्यायले जानकारी दिनु भएको छ । खाद्यन्न बितरण कार्यक्रममा कार्यक्रमका अभियानकर्मी बिनय यादव , बालमुकुन्द हरिजन लगायत स्थानीय समाजसेवीहरुको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤