Siraha Times
ताजा समाचार

खानेपानी ट्याङ्की वनमारा घारीमा परिणत

  • जेठ १८, २०७८
  • १३६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनाेद मण्डल जेठ १८ मंगलबार  । सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी भौगोलिक रूपमा विकट मानिन्छ । सबै भागमा बिजुली बति बाटो हालसम्म पुग्न सकेको छैन । खानेपानीको लागि इनार कुवा,खोला प्रयोग गरिरहेका यहाँका मानिसहरू विगत केही वर्ष यतादेखी बिजुलीको प्रयोगले मोटरबाट पानी खाइरहेका छन् तर चैत वैशाख महिनामा पानीको सतह इनारमा कम हुन थालेपछि खाने पानीको समस्या भोग्दै आएको अवस्थामा स्थानिय सरकार आएपछि धनगढीमाई नगरपालीका वडा नं १३ ,१४ र १२ मा खाने पानीको ठूला ठूला ट्याङ्की निर्माण गरियो तर जोखिम भित्र रुमलिएका बस्तीका अाम मानिसले भने पानी खान पाएका छैनन् बरु ठिङ उभिएका ट्याङ्की वनमारा घारीमा परिणत भएको अवस्था छ । बजेट निकास गरेर खान पल्केका उपभोगता समिति र स्थानिय सरकारको चरम लापरवाहीका कारण सरे खोलाको किनारमा अवस्थित खानेपानी ट्याङ्की वर्षेनी बाढीको चपेटाको अतिरिक्त संरक्षण अभावमा खोलाले बगाएर लैजाने अवस्थाप्रति मौन स्थानिय सरकार पाइप लाइन गरेर खानेपानि सञ्चालनमा नआउँदा ट्याङ्की दिशा पिशाब गर्ने थलोको रुपमा परिणत भएको छ । ठटिया खानेपानी ट्याङ्की परिसरमा रहेको सोलार प्यानल समेतमा घाँसको राज्य रहेको छ । खानेपानी ट्याङ्की परीक्षणको बेला चुहिन थालेपछि टाल टुल समेत गरिएको छ सबै कुरा छुट भएपनि स्थानिय जनताले पानी खान नपाएपछि चिन्तित बनेका छन् । स्थानिय मुख्य आवश्यकता खानेपानी रहेको छ । यसप्रति स्थानिय सरकार मौन बसिदिदा स्थानिय जनतालाई दुःख र सास्ती भोग्नु परेको छ । तत्काल स्थलगत निरीक्षण गरेर समस्याको समाधानको उपाय खोज्न प्रयास गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१