Siraha Times
ताजा समाचार

नगरको मूल बाटो पोखरीमा परिणत भएको छ

  • जेठ १८, २०७८
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , सिराहा , जेष्ठ १८ मंगलबार । जनताको गास बास र कपासको ग्यारेन्टी नैतिक आधारमा सरकारले गर्नुपर्ने हो । हरेक किसिमका परिवर्तन राज्यले जनताको चाहना बमोजिम गरेको हुन्छ तर सरकार गैर जबाफदेही बनिदिदा जनताले सास्ती भोग्नु पर्ने वाध्यता उत्पन्न हुने स्थिति सिर्जना हुनथाल्छ । गणतन्त्र नेपाल घोषणा भएपछी सिंह दरवार जनताको घर आँगनमा हुने चाहना स्थानिय सरकार आइसकेपछि कति पूरा भए ? लक डाउन र बेमौसमी वर्षाको समयमा देशका विभिन्न भागको सडकको कारुणिक दृश्यले प्रमाणित गरेको स्थिति छ । हतारमा बजेट पास गरेर अनेकन बहानामा उम्किने बानी परेका स्थानिय सरकारको सस्तो लोकप्रियताको बारेमा अाम जनता परिचित छन् ।

सप्तरीको बोदेबरसाइन नगरपालिकाको चरम लापरवाही यतिबेला प्रस्टिएको हो । वडा नं 8 काचन दास टोलको मुलसडकको वास्तविक अबस्था हेर्दा वडा अध्यक्ष लक्ष्मी शाह र मेयर आतेश कुमार सिंह कति जबाफदेही छन भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । बेलामा ध्यान नदिँदा उत्पन्न हुने यस्ता स्थानिय समस्याको जबाफदेही तिनै स्थानिय सरकारले लिनुपर्छ । स्थानिय जनताको घर आँगन अगाडि मुलबाटोमा पोखरी बन्दा बालबालिका डुब्ने र आवत जावतमा उत्पन्न हुने समस्याप्रति सरोकारवाला निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१