Siraha Times
ताजा समाचार

कोभिड संक्रमण दर घटदो क्रममा

तीन प्रतिशत नागरिकले गराए पिसिआर परीक्षण

  • जेठ १६, २०७८
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, जेठ १३ । कोरोना महामारी फैलिए यता प्रदेश नं. २का झण्डै ३ प्रतिशत नागरिकले पिसिआर परिक्षण गराएका छन ।
मुख्यमन्त्री लालबाबु राउतले आज कोरोना महामारीको पछिल्लो अवस्था वारी जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रस्तुत गरिएको तथ्यांकमा झण्डै तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एक लाख ७८ हजार ६३१ जनाले पिसिआर परिक्षण गराएको जानकारी गराउनु भएको छ । उहाँले पिसिआर परिक्षण गराएका हरु मध्ये १७ दशमलब ४७ प्रतिशत अर्थात ३१ हजार २२३ जना संक्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना एक्टिभ संक्रमित रहेको जानकारी समेत गराउनु भएको छ ।
स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल अस्पतालमा ७३४ जना उपचार गराई रहेका छन भने १० हजार ६२५ जना होम आइसोलेशनमा रहेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा हाल सम्म ६०३ जनाको मृत्यु भएको छ ।कोरोना महामारीको दोस्रो लहरको संक्रमण दर समेत पछिल्लो समयमा घटदो क्रममा गएको छ।२४ घण्टामा ५६० सम्म पुगेको संक्रमण दर बुधवार ३४४ मा झरेको निर्देशक झाले व्रिफिङ्गको क्रममा जानकारी गराएका हुन । तर उक्त दर फेरी पनि बढन सक्ने सम्भावना कायमै रहेको हुनाले सतर्कता अपाउन आवश्यक रहेको बताएका छन ।बैठकमा उपस्थित अन्य सरोकारबालाहरुले हाल कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका विषय आ–आफनो निकाय बाट भै रहेको प्रयास हरु बारे जानकारी गराएका थिए ।
बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१