कोभिड संक्रमण दर घटदो क्रममा

तीन प्रतिशत नागरिकले गराए पिसिआर परीक्षण

  • जेठ १६, २०७८
  • १०७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, जेठ १३ । कोरोना महामारी फैलिए यता प्रदेश नं. २का झण्डै ३ प्रतिशत नागरिकले पिसिआर परिक्षण गराएका छन ।
मुख्यमन्त्री लालबाबु राउतले आज कोरोना महामारीको पछिल्लो अवस्था वारी जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रस्तुत गरिएको तथ्यांकमा झण्डै तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एक लाख ७८ हजार ६३१ जनाले पिसिआर परिक्षण गराएको जानकारी गराउनु भएको छ । उहाँले पिसिआर परिक्षण गराएका हरु मध्ये १७ दशमलब ४७ प्रतिशत अर्थात ३१ हजार २२३ जना संक्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना एक्टिभ संक्रमित रहेको जानकारी समेत गराउनु भएको छ ।
स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल अस्पतालमा ७३४ जना उपचार गराई रहेका छन भने १० हजार ६२५ जना होम आइसोलेशनमा रहेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा हाल सम्म ६०३ जनाको मृत्यु भएको छ ।कोरोना महामारीको दोस्रो लहरको संक्रमण दर समेत पछिल्लो समयमा घटदो क्रममा गएको छ।२४ घण्टामा ५६० सम्म पुगेको संक्रमण दर बुधवार ३४४ मा झरेको निर्देशक झाले व्रिफिङ्गको क्रममा जानकारी गराएका हुन । तर उक्त दर फेरी पनि बढन सक्ने सम्भावना कायमै रहेको हुनाले सतर्कता अपाउन आवश्यक रहेको बताएका छन ।बैठकमा उपस्थित अन्य सरोकारबालाहरुले हाल कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका विषय आ–आफनो निकाय बाट भै रहेको प्रयास हरु बारे जानकारी गराएका थिए ।
बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

जनता समाजवादी पार्टी ...

कपिलवस्तु, मंसिर २२।  जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका ...

जमियत उलेमा ए नेपालक ...

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौल ...

मन्त्री गुप्ता द्वार ...

रहमुल लहान , २१ मंसिर । Sowers Action Nepal तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सहयोगमा सिरहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१