ताजा समाचार

पश्चिम नवलपरासीमा ३९ जना कोरोना संक्रमित थपिए

  • जेठ १०, २०७८
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री जेठ १० पश्चिम नवलपरासीमा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २७ र एन्टिजेनबाट १२ जना गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ६सय ४२ पुगेको छ । आज सोमबार सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ९ जना महिला र ५ जना पुरुष गरी १४जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी सुनवल नगरपालिकामा १२ जना, रामग्राम नगरपालिकामा ५ , सरावल गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ भने प्रतापपुर गाउपालिकामा र पाल्हिनन्दन गाउपालिकामा सोमबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी सोमबार ४० जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार एक सय ४६ पुगेको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ७७ रहेको छ । सोमबार कोरोना संक्रमणबाट जिल्लामा ४ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤