बिना उपभोक्ता समिति र टेन्डरकै कालोपत्रे, रकम झवाम्म पार्ने नेता ठेकेदारको दाउ

  • जेठ १०, २०७८
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सबिन यादव , सिरहा । प्रदेश २ को सिरहा जिल्लास्थित बिना उपभोक्ता समिति र टेन्डर नै नलगाई रकम पार्ने दाउमा कालोपत्रे सुरु गरिएको बुझिएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ स्थित सडकमा कालोपत्रे भइरहेको छ । सो ठाउँमा कुनै टेन्डर वा उपभोक्ता समिति बिना नै काम भइरहेको बताईएको छ ।

No description available.

गोलबजार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जगत श्रेष्ठ लगायत गाउँकै उनका आसेपासे सहित गाउँले नेताहरु मिलेर रकम झवाम्म पार्ने दाउमा लागेको बताइएको छ । उनीहरु मिलेर नक्कली काम गरेपछि गाउँलेहरु अवरोध समेत गरेका छन् । गाउँमा कालोपत्रे गरिदा कतै १२ फिट चौडाई त कतै १३ फिट चौडाई गरेपछि स्थानीयहरु समेत आन्दोलित भएका छन् । वडाध्यक्ष र सोही ठाउँका ठेकेदारले मनपर्दी गरेपछि गाउँलेहरुले विरोध जनाउँदै सडक निर्माण कार्य रोक्का गरेका छन् ।

No description available.

गाउँलेहरुले १३ फिटको बाटोमा हरेक ठाउँमा एकनाशे सडकको चौडाई हुनुपर्ने माग गरेको छ । तर, वडाध्यक्ष र ठेकेदारले आफ्नो मान्छेको जमिन पर्ने ठाउँबाट सारेर अर्कोपट्टि बढी लम्ब्याएर सडक बनाउन थालेपछि विरोध गरिएको हो ।

No description available.

सो सन्दर्भमा गोलबजार नगरपालिका कार्यालय प्रमुख इन्जिनियर जय प्रकाश सहनीले सडकको चौडाई लम्बाई तथा विवादको बारेमा केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । सो ठाउँमा साइट ईन्जिनीयर रितेश झाले समेत बर्षाका कारण जान नपाएको प्रतिक्रिया दिएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

शिक्षा सुधार भाषणमै ...

रंजित चौरसिया,बारा १ चैत्र। स्थानीय तह निर्वाचनका बेला शिक्षा सुधारका ठूला–ठूला प्रतिबद्धता गर ...

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१