ताजा समाचार

राष्ट्रपतिले खेलाए सांसदलाई

  • जेठ ९, २०७८
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ९  । नेपालको इतिहासमा कहीं पनि नभएको जात्रा हाँडी गाउँमा भने जस्तै पदमा बसेर पदीय दायित्व निर्वाह गर्न नसक्ने र अनेकन चालबाजीमा लागेका प्रधानमन्त्री केपी ओलीले ताना शाह तवरले संसद विघटन गरेर देशलाई बन्धक बनाएर अाम नागरिकलाई सडकमा ल्याउँदै गरेको अवस्थामा सम्मनित सर्वोच्च अदालतले विघटित संसद पुनर्स्थापित गरेर असल काम गरेको बखत केपी शर्मा ओलीले तत्काल नैतिक अाधारमा राजीनामा दिनुपर्ने हो तर विधिको विधान संसदमा ९३ मत पाएर पनि अनेकन दाउ थाप्दै पुन प्रधानमन्त्री पदमा आफूलाई उभ्याउनु किमार्थ अशल काम होइन । विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले अवैधानिक किसिमले २१ घण्टाको समय तोकिनु पनि एउटा विडम्बना हो । अनेकन चुनौती देशमा रहेको बेला कार्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा गर्नु राष्ट्रपति विधा देवी भण्डारीको असुहाउँदो कदम हो । हरेक किसिमका प्रतिगमनका विरुद्धमा निरन्तर नेपाली जनता लडेर नेताहरुलाई पदमा निर्वाचित गराउने र पदमा पुगेपछि जनताको दुःख बिर्सने नेपाली राजनीतिको संस्कृति मानिन्छ । राणाकालीन समयदेखि लोकतन्त्रको स्थापना कालसम्म जनताको त्याग र बलिदान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विधा देवी भण्डारीले छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ । देशमा यतिबेला कोरोना संक्रमण बढिरहेको अवस्थामा जालझेल गरेर सरकार टिकाउने खेलमा रहेका राष्ट्रपति विधा देवी भण्डारीले आफ्नो श्रीमान मदन भण्डारीकाे हत्यारा कहिले पत्ता लगाउने ? यदि सकिन्न भने राजीनामा दिएर बाटो खुला गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤