ताजा समाचार

कोरोना संक्रमण कालमा धार्मिक स्थान निर्माण हुँदै छ

  • जेठ ७, २०७८
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ७ । सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुर कटी तथा हाल धनगढीमाई १२ को नेवार टोलको उत्तर र गुढीटोलको सीधा दक्षिणमा रहेको धमनी थानमा नयाँ चमक आएको छ । साबिकदेखि जीर्ण अवस्थामा रहेको थानलाई वडा अध्यक्ष राजु श्रेष्ठको पहलमा उपभोगता समितिमार्फत वालको काम सकेर पुन मन्दिर बनाउने प्रक्रियामा अघि बढेको हो । स्थानिय गाउँको धार्मिक सांस्कृतिक धरोहरको रूपमा रहिआएको धमनी थानको बारेमा कुरा गर्दा पहिले पहिले ५/६ गाउँको चन्दा उठाएर एकैदिन असार महिनामा पूजा हुँदै आएको यस थानमा अहिले वर्षको एक महिना अर्थात् असार महिनामा मात्र पूजा गर्ने चलन रहिआएको छ । यतिबेला परिवर्तनसँगै सामूहिक पूजामा थोरै परिवर्तन भएर यतिबेला आ आफ्नो गाउँको सामूहिक चन्दा उठाएर फरक फरक दिनमा असार महिनामा पूजा गर्ने चलन अहिलेलाई कायमनै छ ।

पूजामा पाठी ,परेवा लड्डु ,प्रसाद लगायतका सामग्रीले पूजा धामिमार्फत गराउने चलन छ । पूजामा धामीले देउता खेल्ने परम्परा रहेको यस थानमा भाकल गरेमा पूरा हुने विश्वास रहिआएको छ । हुन् त असार महिना बाहेक पनि पूजा त गरिन्छ तर बलि दिने चलन छैन । नयाँ अन्न चढाउने चलन भएको यस थानमा भगवती , अघोरी , डीहिवार राजदेवी ,सलहेश लगायतका देउताको स्थान रहेको बुझिएको छ । विगतमा अत्यन्त जीर्ण अवस्थामा रहेको मन्दिरको निर्माणको खवरले राजु श्रेष्ठको कामप्रति स्थानीय बासी खुशी भएका छन् । धार्मिक काममा भ्रष्टाचार नहुने भएकोले त्यहाँ काम गर्ने तरीकापनी फरक किसिमको छ ,काम लगातार भइरहेको र स्थानियले दिलोज्यानले कामप्रति चासो देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤