ताजा समाचार

पश्चिम नवलपरासीमा ९५ जनामा कोरोना संक्रमण पुष्टी, ६३ जना निको भए

  • जेठ ७, २०७८
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री जेठ ७ पश्चिम नवलपरासीमा बिहीबार ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ८१ र एन्टिजेनबाट १४ जना गरी ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार तीन सय ९५ पुगेको छ । बिहीबार सबै भन्दा बढी सुनवल नगरपालिकामा १९ जना महिला र १७ जना पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ३२ जना, रामग्राम नगरपालिकामा १३ जना, सरावल गाउपालिकामा ६ जना, प्रतापपुर गाउपालिकामा ४ जना र सुस्ता गाउपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा बिहीबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी बिहीबार कोरोनाबाट ६३ जना निको भएका छन भने जिल्लामा कुल १हजार ८ सय ६५ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार चार सय २१ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट जिल्लामा ६ जनाको ज्यान गएको छ । ज्यान जानेमा सुनवल नगरपालिका वडा नम्बर ७ की ४० बर्षिय महिलाको चितवल मेडिकल कलेजमा, बर्दघाट नगरपालिका वडा नम्बर १६ की ५२ बर्षिय महिलाको बुटवलको कोभिड अस्पतालमा, पाल्हिनन्दन गाउपालिका का ४५ बर्षिय पुरुषको भिम अस्पताल भैरहवामा , सुस्ता गाउपालिका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको सहिद स्मृति अस्पताल बर्दघाटमा , प्रतापपुर गाउपालिका वडा नम्बर ९ का ४५ बर्षिय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा, बर्दघाट नगरपालिका वडा नम्बर ४ का ६० बर्षिय पुरुषको चिसापानी अस्पतालको आइसोलेसन सेन्टरमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤