Siraha Times
ताजा समाचार

सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

  • जेठ १, २०७८
  • १५६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज बितरण गर्न निर्देशन दिनुभयो । उहाले सावधानि नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओली कोरोना महामारी न्यूनीकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको यसमा सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको जिकिर गर्नुभयो । उहाले सरकारी संयन्त्रबीच नै कोर्डिनेशनको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गर्नुभयो । उहाले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गर्नुभयो । सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उहाको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१