ताजा समाचार

काठमाडौं उपत्यकामा एकैदिन ६८ सङ्क्रमितको मृत्यु

  • जेठ १, २०७८
  • १२३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, जेठ १ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि चौबीस घण्टामा १८७ सङ्क्रमितको मृत्यु भएको छ । कोभिड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९३७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशैभरि पछिल्लो चौबीस घण्टामा आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । मन्त्रालयले जनाए अनुसार काठमाडौंमा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् । काठमाडौं जिल्लामा पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।

काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्रमित ३० हजार ४५२  थिए । काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्रमितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना कोरोनामुक्त भएका छन् । ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्रमित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्रमित भएकोमा ११ हजार ३३ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤