Siraha Times
ताजा समाचार

नेपाललाई आपत्कालीन सहयोग आवश्यक छ ब्ल्यूएचओ

  • जेठ १, २०७८
  • ८८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं जेष्ठ १। । नेपालमा तत्काल कोभिड-१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् ।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको र आपत्कालीन सहयोग आवश्यक रहेको बताएका हुन् । अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताएका छन् । संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । साथै, डा. गेहब्रेयससले डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

यसैसाता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले न्यान्तीलाई टेलिफोन गर्दै खोप आपूर्तिका लागि पहल गर्न सुझाएका थिए । राष्ट्रसंघीय निकाय डब्लुएचओले कोभ्याक्स सुविधाअन्तर्गत प्रभावित मुलुकहरुमा खोप आपूर्ति गर्दै आएको छ । तर, भारत लगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि आपूर्ति हुन सकेको छैन ।

डब्लुएचओले पनि ठूला र धनी राष्ट्रले खोप जम्मा गर्दा गरिब मुलुकमा खोप आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१