ताजा समाचार

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

  • वैशाख ३१, २०७८
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री बैशाख ३१ कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा २ जना र एक जना पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । मृत्यु भएका मध्ये रामग्राम नगरपालिका वडा नम्बर ४ का ४५ बर्षिय षुरुष, पाल्हिनन्दन गाउँपालिका वडा नम्बर सातका ४० वर्षीय पुरुष, र रामग्राम नगरपालिका वडा नम्बर तीनका ५० बर्षिय एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यस्तै गरी नवलपरासीमा शुक्रबार ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ३१ र एन्टिजेनबाट ३५ जना गरी ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ४१ जना संक्रमित थपिएका छन्। त्यस्तै गरी सुनवल नगरपालिकामा १० जना, रामग्राम नगरपालिकामा ४ जना, सरावल गाउपालिकामा २ जना, प्रतापपुर गाउपालिकामा ७ जना, सुस्ता गाउपालिका र पाल्हिनन्दन गाउपालिकामा एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज १८ जना कोरोना संक्रमित निको भएका छन भने यो संगै जिल्लामा १ हजार ६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन भने जिल्लामा सक्रिय संक्रमितको संख्या १२ सय ४४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤