ताजा समाचार

सप्तरीका एकजना मृगौला वेचविखनका आरोपित पक्राउ

  • वैशाख २९, २०७८
  • १८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२९ बैशाख सप्तरी, सप्तरीका एक जनालाई मृगौला बेचविखन गरेको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेका छ्न। सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीका ३५ वर्षीय रमेश विश्वकर्मालाई आज पक्राउ गरेको हो।पीडितको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरी मानव वेचविखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक बीरेन्द्र पासवानले बताउनु भयो । काठमाडौंमा बस्दै आएका टिपर सह-चालक सुरुङ्गा नगरपालिका–१ शिशुवारीका २४ वर्षीय दिपक भुजेललाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएका थिए । राम्रो पारिश्रमिक पाइने लोभ देखाई विश्वकर्माले अपरिचित व्यक्तिको जिम्मा लगाई भारत पठाएको पीडितको आरोप छ । मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोस बनाई अस्पताल पु¥याएर वैशाख २ गते मृगौला निकालेको पीडितले बताए । उक्त अस्पतालमा १० दिन राखेपछि पाँच हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रबार घर आइ पुगेको पीडितकी श्रीमती निरा भुजलले जानकारी दिनुभयो । अर्का आरोपितको पहिचान खुली सकेको छैन् । प्रहरी निरीक्षक पासवानले मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौंसँग समन्वय गरी अपरिचित आरोपितको खोजीकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤