ताजा समाचार

प्रहरी कै संरक्षणमा मदिरा तस्करी स्थानीयले प्रतिकार गर्दा प्रहरीको कुटाईबाट एक जना घाइते

खुनी आरोपि लाई संरक्षण गर्दै सिरहा प्रहरी

  • वैशाख २९, २०७८
  • १२५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ बैशाख - सिरहाको औंरही गाउँ पालीका वडा नम्बर १ हरकटीमा प्रहरी चौकी को इन्चार्ज असैई बिजय सिंहको संरक्षणमा मदिरा तस्करी फस्टाएको छ। उक्त गाउँ पालीकामा बिगत बर्ष २०७७ पुष २५ गते भएको स्थानीयको झगडामा एक जना ४७ बर्शिय अरुण कुमार यादवको मृत्यु भएको थियोे। स्थानीय ललित नारायण साह चौधरी कलाल ले सोही गाउँ पालीकाको हनुमान चौकमा दिपक मदिरा पसल संचालन गर्दै आएका छन् ।

Open Photo

प्रहरी चौकी हरकटटीका ईन्चार्ज विजय सिंहले प्र २.०१००१ च ०२३४ नम्बरको बेलेरो पिकअप भ्यानमा मदिरा लोड गरी बरीयारपटटी गाउपालिका १ दरैयाको बाटो हुदै जादाँ दरैयाका स्थानियले रोकेका थिए । रोके पछि पिकअप भ्यानमा ईन्चार्ज आफै बसेको स्थानिय काशि लाल कामैतले बताए । भ्यान रोके पछि स्थानिय र प्रहरी बिच घम्सा घम्सी भएको थियो । त्यसमा ईन्चार्ज सिंहको हुतीयाईबाट स्थानिय २३ बर्र्षिय सहदीप कामैतको टाउकोमा गम्भिर चोट लागेको थियो ।

स्थानिय युवकले भिडियो बनाउन खोज्दा ईन्चार्ज सिंहले गाली गलौज गर्न लागेको स्थानिय कामैतले बताए । भ्यान रोकिएको ठाउँबाट भारतीय बोर्डर ३ सय मिटर मात्र रहेको छ । माघ महिना प्रहरी चौकीमा आएका सिंह विशेषतः सादा पोशाकमा रहने गरेको छ । यस्तो भाईरसकोे समयमा पसल बन्द गर्न लगाउने, भिडभाड गर्न नदिने जस्ता जनचेतना जगाउदै हिडने प्रहरी राती राती भारत मदिरा ओसारपोसार गर्नु यो कस्तो प्रहरी प्रसाशन हो त्यसैले लाग्छ मलाई यसमा ठुलै पैसाको चलखेल भएको स्थानिय युवक परितोष कुमार यादवले बताए ।

Open Photo

यता  सम्बन्धित वडाका वडा अध्यक्ष सुरैत लाल ठाकुरका अनुसार यस घटनाको बारेमा कुनै जानकारी नभएको बताए । प्रहरी ईन्चार्ज सिंहले भनेको छ नि वडा अध्यक्षलाई सोधेको छु त्यो पुरै गलत हो वडा अध्यक्ष ठाकुरले बताए । सिरहाका एसपी हिराबहादुर पाण्डेका अनुसार, ‘मदिरा तस्करी गर्न लागेको नभएर एक ठाउँबाट अर्को ठाउँमा ओसार्न लागेको थियो । तर स्थानीय केहि व्यक्तिले अर्थको अनर्थ लगाएर प्रहरीलाई पनि दुव्र्यवहार गर्यो ।औरहीको सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤