Siraha Times
ताजा समाचार

सीमामा खटिएका सशस्त्र प्रहरी पानीजमेको ठाउँ मा पालमा बस्न बाध्य

  • वैशाख २७, २०७८
  • १३२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान बैशाख २७ गते।भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको निर्देशनबमोजिम सुरक्षाकर्मीहरु चौबिसै घण्टा सीमामा तैनाथ छन्। तर, सीमामा खटिएका सशस्त्र प्रहरीलाई अहिले मौसमले सताइरहेको छ। सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेका छन । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा निजी घर तथा पाल , टेन्ट गाडेर बस्न बाध्य भएका छन् । दैनिकजसो हावाहुरी, असिनापानी पर्न थालेपछि सिमा नाका मा रहेका बि ओ पी कार्यालय का पोस्ट उडाउने, बस्ने ठाउँमा पानी छिर्ने जस्ता समस्याहरु देखिएको छ।

No description available.

सिरहाको दक्षिण वर्ती सिमा नाका स्थित शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट( बि . ओ . पी .) बडहरी को चारै तिर पानी जमेको छ। उनीहरू दुई कोठे निजी पक्की घरमा कार्यालय संचालन र पाल गाडेर दुःखले बसि रहेका छ्न। बर्षाका कारण त्यहाँ को सुरक्षाकर्मीहरु पानी जमेको ठाउँ मा बस्न वाध्य भएका छन । हावाहुरी र पानीका बीच पनि उनीहरू देशका जनताका लागि सीमामा तैनाथ छन्। हावाहुरी, र पानीले गर्दा सीमा खटिएका प्रहरीलाई समस्या भइरहेको छ। पानीमा भिज्दै पनि प्रहरीहरु खटिएका छन्। खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनीहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् ।शसस्त्र प्रहरीले यस्तो विषम परिस्थितिमा अहोरात्र बोर्डरमा खटिएर बाकी समय पालमा बिताएका छ्न।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१