माधव नेपालको अल्टिमेटममा ओलीको बेवास्ता, सांसदहरू राजीनामा दिन संसद् भवन जाँदै

  • वैशाख २७, २०७८
  • ९८७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर जान लागेका छन् । नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको बेवास्ता गरेको भन्दै सांसदहरू सामूहिक राजीनामा दिन संसद् भवन जान लागेका हुन् ।

कति सांसदले राजीनामा दिने भन्ने संख्या भने अहिले बाहिर आएको छैन । 

हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१